रौतहट । रौतहटको चपुर क्षेत्रमा ग्यास बोकेको ट्यांकर पल्टिएपछि पूर्वपश्चिम राजमार्ग दुईतर्फी रूपमा बन्द गरिएको छ । ग्यास बोकेको ट्यांकर भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही समयका लागि सावधानी अपनाउँदै सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको छ । ग्यास चुहावटको जोखिम रहेकाले तत्काल उद्धार तथा व्यवस्थापनको काम भइरहेको छ । हाल यो सडकखण्डमा ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।
यद्यपि, साना सवारीसाधनहरूलाई वैकल्पिक मार्ग हुँदै आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ट्यांकर हटाउने र सडक खुलाउने प्रयास जारी राखेको छ ।








प्रतिक्रिया