१६ असार २०८३, मंगलबार

राप्रपाको समानुपातिक सूचीमा को–को परे ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचनतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो । पार्टीको सोमबारको कार्यसम्पादन समिति बैठकमा अधिकांश क्लस्टरमा सहमति र केही क्लस्टरमा निर्वाचनको माध्यमबाट समानुपातिकको सूची टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाको नाम समावेश छ । जसमा तोरणबहादुर गुरुङ, खुस्बु ओली, मोहनकुमार श्रेष्ठ, निरुपमा यादव, प्रह्लाद साह, गोपाल दाहाल, राजेन्द्र गुरुङ लगायतको नाम छ ।