१७ असार २०८३, बुधबार

रास्वपालाई शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्रीलाई उपसभापति बनाउनु कति उचित ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जामन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउने सहमतिमाथि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रश्न उठाएका छन् ।

महासचिव पोखरेलले समाजिक सञ्जाल फेसबुकमाफर्त सरकार गैरदलीय भएको भन्दै उनले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाएको आश्चर्य व्यक्त गरेका हुन् ।

पोखरेलले लेखेका छन्, ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ?’