६ श्रावण २०८३, बुधबार

आजको मौसम : तराईमा हुस्सु, पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति पनि तराईमा हुस्सु रहने सम्भावना रहेको छ । हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।