१९ असार २०८३, शुक्रबार

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।

पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस नगरिने बताइएको छ ।

आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले गरेको हो ।