१५ असार २०८३, सोमबार

आजको मौसम : तराईमा हुस्सु र पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोः तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।

यसैगरी, देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।