३ श्रावण २०८३, आइतबार

समानुपातिक उम्मेदवारको बन्दसूची भोलि आयोगमा पठाउने एमालेको निर्णय

प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि (सोमबार) निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सोमबार समयमै बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो । बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम सुझावसहित पारित गरेको हो । साथै, बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

बैठकले आगामी पुस २० गतेभित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटीमार्फत सिफारिस गर्न निर्देश गर्ने निर्णय गरेको सचिव डा. राजन भट्टराईले जानकारी दिए ।