१४ असार २०८३, आइतबार

सुदनले रवि र बालेनलाई घरमा थुनिदिए, नमिलेसम्म गेट नखोल्ने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी अगुवा सुदन गुरूङले वार्तामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई घरमा थुनेका छन् ।

वार्तामा रहेका रवि र बालेनबीच कुरा नमिलेसम्म घर बाहिर निस्कन नदिने भन्दै सुदनले गेटमा ताला लगाएका हुन् ।

रवि र बालेन कुपण्डोलस्थित कुमार बेनको घरमा वार्तामा छन् ।

सुदनले भने, दुई जना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म दुई जना मिल्नुहुन्न तबसम्म यो गेट खोलिन्न । मेयर साप र रवि लामिछाने । हामी यहाँ गार्ड कोही पनि भित्र जाँदैन कोही पनि बाहिर जाँदैन । कुरा नमिलेसम्म यत्तिकै हो । दुवै जनालाई थुन्देको मिले आउँछन् नत्र आउँदैनन । साँचो हामीले बोकिसक्यौँ ।