२८ जेष्ठ २०८३, बिहिबार

बालेनलाई लक्षित गर्दैं ओलीले भने– चर्चित भनिएका व्यक्ति नसामा भेटिन्छन्

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति लक्षित गर्दै देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिने गरेका टिप्पणी गरेका छन् ।

आज महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चर्चित व्यक्तिहरू नसामा भेटिने तर आफ्ना पार्टीका युवाहरू नसाबाट टाढा रहेका बताएका हुन् ।

उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नसामा भेटिन्छन्। हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुर्व्यसनी देखिएन, मेरो भनाइ मन नपरेर, इख मानेर दुर्व्यसनीमा भएकाहरूले पनि छाड्नुभयो भने म धेरै खुसी हुन्थे।’