विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले सुनसरी जिल्लाको क्षेत्र न ४ बाट संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको छ ।
क्षेत्रीय कमिटीमा प्रस्तावमा नाम सिफारिस गरिएको हो । कमिटीले प्रचण्डसँगै पाँच जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
जसमा महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वाल छन् ।
यस्तै समानुपातिकतर्फ योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरिएको छ ।















प्रतिक्रिया