७ कार्तिक २०८३, शनिबार

बालेन र कुलमान सहकार्यका लागि सहमति नजिक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उर्जामन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच छलफल भएको छ ।

देश विकास पार्टीलाई एक भएर अगाडि बढाउने विषयमा उनीहरूबीच छलफल भएको हो । दुईबीच एकताका लागि सकारात्मक वार्ता भएको बताइएको छ । दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत भएका बताइएको हो । यद्यपि अन्तिम टुंगो लाग्न भने बाँकी छ ।

निर्वाचन आयोगमा दर्ता रहेको देश विकास पार्टीको अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न लौरो छ। लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए। यस्तै बालेनले अन्य व्यक्तिहरूसँग पनि छलफल गरिरहेका छन् ।

यी हुन् बालेनले छलफल गरिरहेका व्यक्तिहरू–

जनमत पार्टीका अध्यक्ष सीके राउत

नागरिक उन्मुक्तिका संस्थापक रेशमलाल चौधरी

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिय

विवेकशील साझाका मिलन पाण्डे

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही

पत्रकार ऋषि धमला

पूर्वसचिव भीम उपाध्याय

कलाकार निश्चल बस्नेत

सुमना श्रेष्ठ

रास्वपाका नेता गणेश कार्की