काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै नेतृत्वमा नयाँ दल खोलेर निर्वाचनमा जाने तयारी थालेका छन् ।
बालेनले नयाँ दलका लागि निकटस्थ साथै विभिन्न चर्चित व्यक्तिहरूसँग परामर्श अगाडि बढाएका हुन् ।
देश विकास पार्टीबाट चुनाव लड्नेगरी समानुपातिकतर्फका उम्मेदवारको सूची समेत संकलन गर्ने काम भइरहेको बालेननिकट स्रोतले जनाएको छ ।
यी हुन् बालेनले छलफल गरिरहेका व्यक्तिहरू–
- जनमत पार्टीका अध्यक्ष सीके राउत
- नागरिक उन्मुक्तिका संस्थापक रेशमलाल चौधरी
- कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिय
- विवेकशील साझाका मिलन पाण्डे
- राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही
- पत्रकार ऋषि धमला
- पूर्वसचिव भीम उपाध्याय
- कलाकार निश्चल बस्नेत
- सुमना श्रेष्ठ
- रास्वपाका नेता गणेश कार्की








प्रतिक्रिया