बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।
प्रतिपरिवार २२ केजीका दरले आयोडिनयुक्त भानु नुन वितरण गरिने गाउँपालिकाले जनाएको छ । नुन लिन आउने सेवाग्राहीहरुले आफ्नो नेपाली नागरिकताको फोटोकपी अनिवार्य साथमा लिएर आउनु पर्नेछ । वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरुले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन लिन लिनु पर्नेछ ।
त्यस्तै, वडा नम्बर १ र २ का नागरिकहरुले सिम बजारबाट नुन प्राप्त गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । नागरिकको सहजताका लागि गाउँपालिकाले नुन वितरण गर्न लागेको अध्यक्ष रोकायाको भनाइ छ । पालिकाका स्थानीयलाई खानमा अभाव नहोस् भनेर वितरण गर्न लागिएको बताएका छन् ।
पुस १० गते वडा नम्बर ४ र ५, पुस ११ गते वडा नम्बर ३ र ६ तथा पुस १२ गते वडा नम्बर १ र २ का लागि नुन वितरण गरिनेछ । गाउँपालिकाले तोकिएको मिति, स्थान र समयमा उपस्थित भई नुन लिन स्थानीय नागरिकहरूलाई अनुरोध समेत गरेको छ ।








प्रतिक्रिया