१२ कार्तिक २०८३, बिहिबार

बालेन–रविको भेटबारे गृह प्रशासनको रिपोर्ट यस्तो थियो

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालेन साह र रवि लामिछानेबीच भएको भेटलाई लिएर विभिन्न अड्कलबाजी र समाचारहरू बाहिरिए पनि गृह प्रशासनले फरक रिपोर्ट तयार पारेको छ ।

गृह स्रोतले दैनिक नेपाललाई बताए अनुसार, दुई जनाबीच भेट भएपछि सामान्य रूपमा केही राजनीतिक विषयमा कुरा हुनु स्वाभाविक थियो । तर, भेटका क्रममा अधिकांश समय गितार बजाउँदै बिताइएको र समग्र वातावरण राजनीतिकभन्दा बढी सांगीतिक रहेको उल्लेख गरिएको छ । त्यसैले बाहिर आएजस्तो औपचारिक राजनीतिक छलफल केन्द्रित भेट नभई सत्य र तथ्य फरक रहेको गृह प्रशासनको निष्कर्ष थियो ।

उक्त भेटपछि बालेन र रवि मिलेर अगाडि जाने, पहिला बालेन र त्यसपछि रवि प्रधानमन्त्री बन्ने विषयमा सहमति भएको भन्ने चर्चा सार्वजनिक भएको थियो । तर ती चर्चाहरू आएको दुई दिन नबित्दै बालेन र रविबीच कुरा बिग्रिएको र सम्बन्धमा चिसोपन देखिएको चर्चा पनि बाहिरिएको छ । अहिले बालेन र रविको पक्षबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।