२१ असार २०८३, आइतबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । हिजो बुधबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठक दिउँसो १ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाअन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशनसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

बुधबारको बैठकमा महामन्त्री गगन थापासहितका नेताहरुले आफ्नो धारणा राखेका थिए ।