काठमाडौं । नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की र पूर्वसहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले पूर्वसहसचिव कार्कीसँग १० लाख र पूर्वसचिव अर्जुनकुमार कार्कीसँग ६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानमा जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौँले पुस २ गते पूर्वसहसचिव लेखबहादुर, पूर्वसचिव अर्जुन, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो।
उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो।









प्रतिक्रिया