१८ असार २०८३, बिहिबार

डेढ महिना नपुग्दै आफ्नै पार्टीलाई लात हानेर एलिजा बनिन् आजपाको उपाध्यक्ष

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतमले जनादेश पार्टी परित्याग गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा आबद्ध भएकी छन्।

डेढ महिनाअघि मात्र गठन भएको जनादेश पार्टीमा केन्द्रीय सदस्य रहेकी गौतम आजपाको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै पार्टी प्रवेश गरेकी हुन्। आजपाले उनलाई पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको स्रोतले जनाएको छ।

जनादेश पार्टीमा पदाधिकारी चयनसम्बन्धी विषयमा असन्तुष्टि बढ्दै गएपछि उनले पार्टी परिवर्तन गरेको बताइएको छ। जनादेश र आजपाबीच चुनावी सहकार्य रहे पनि गौतम व्यक्तिगत रूपमा आजपामा समाहित भएकी हुन्।

पार्टी प्रवेशपछि गौतमले समाजसेवालाई राजनीतिमार्फत अझ प्रभावकारी बनाउने उद्देश्यले आजपा रोजेको बताइन्। आजपाले उठाउँदै आएका नीति र मुद्दा जनमुखी भएको उनको भनाइ थियो।

प्रज्ञा भवनमा जारी आजपाको केन्द्रीय समिति बैठकमा विभिन्न दलका नेताहरू पनि आजपामा प्रवेश गरेका छन्। बैठकमा आगामी निर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा छलफल भएको जनाइएको छ।