काठमाडौं । काठमाडौंको थापाथलीस्थित ब्रिटिस कलेजमा तोडफोड भएको छ ।
विद्यार्थी संगठन अनेरास्ववियुले कलेजले विद्यार्थीमाथि ठगी गरिरहेको भन्दै प्रदर्शनमा उत्रिएकामा प्रहरीले हस्तक्षेप गर्दा झडपसहित तोडफोडको अवस्था सिर्जना भएको हो ।
झडपमा केही घाइते समेत भएका छन् । अनेरास्ववियुले शैक्षिक माफिया विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले गरेको दमनको भत्र्सना गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै साथै पक्राउ परेका अनेरास्ववियुका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।









प्रतिक्रिया