काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलन विगतमा भएका त्रुटि र कमजोरीको नतिजा भएको बताउँदै त्यसको असर अहिलेको सरकारले भोग्नुपरेको उल्लेख गरेकी छन्।
सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले सरकारमाथि जेन–जी समूहदेखि राजनीतिक दलसम्मबाट आलोचना आइरहेको भन्दै मुलुकका हितका लागि आएका आरोप सहन आफू तयार रहेको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ का घटनापछि सिर्जित असन्तोषको दबाब अहिले सरकारले झेलिरहेको बताउँदै राजनीतिक दलहरूले जनताको भावनालाई बुझेर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिइन्। जनताले परिवर्तन चाहेको अवस्थामा दलहरू पनि सुध्रिन आवश्यक रहेको उनको भनाइ थियो।
उनले सरकार अशान्ति चाहँदैन भन्दै सबै पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरिन्। सबै दल एकताबद्ध भएर शान्तिको पक्षमा उभिए कुनै पनि प्रकारको अव्यवस्था फैलिन नसक्ने उनको दाबी छ।















प्रतिक्रिया