काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भएर बयान दिएका छन्।
भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा आयोगको बोलावटमा मेयर शाह सोमबार आयोग पुगेका हुन्। अनुसन्धानका क्रममा उनका सामाजिक सञ्जाल गतिविधिदेखि घटनाकालीन भूमिकासम्मका विषयमा प्रश्न गरिएको जनाइएको छ।
आयोगले जेन–जी आन्दोलनसम्बन्धी छानबिनका लागि छुट्टै अनुसन्धान टोली गठन गरी आवश्यक व्यक्तिसँग बयान लिने प्रक्रिया अघि बढाएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।















प्रतिक्रिया