२९ जेष्ठ २०८३, शुक्रबार

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता तय

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबी भेटवार्ता हुने भएको छ । उनीहरूबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय गरिएको हो ।

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् । सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति नै गठन गरेर निरन्तर संवाद भइरहेको जनाएको छ ।

सरकारले विभिन्न पाँचवटा बुँदामा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू पनि प्रसाईंलाई पत्रमार्फत जानकारी गराएको छ ।