२५ जेष्ठ २०८३, सोमबार

संसद पुनर्स्थापनाको मागमा जसपा र जनमतका सांसदको पनि हस्ताक्षर

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी र जनमत पार्टीका सांसदले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन्।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेसका ६५ सांसदसहित जसपा, जनमत र एक स्वतन्त्र सांसद गरी कुल ६८ जनाको हस्ताक्षर सोमबार सर्वोच्चमा पेस गरिएको हो। जनमत पार्टीकी गोमा लाभ सापकोटा, जसपा सांसद हसिना खान र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि रिटमा समर्थन जनाएका हुन्।

यसअघि एमालेले आफ्ना ७५ सांसदको हस्ताक्षरसहित छुट्टै रिट दायर गरिसकेको छ। यससँगै संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा पुगेको हस्ताक्षर संख्या १४३ पुगेको छ।

प्रतिनिधि सभामा सरकार गठनका लागि आवश्यक १३८ सांसदभन्दा बढीको समर्थन देखाउन सांसदहरूले हस्ताक्षर बुझाएको जनाइएको छ।