२२ जेष्ठ २०८३, शुक्रबार

माइतीघरमा प्रदर्शन नगर्न प्रहरीको माइकिङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रदर्शनको तयारी गरिरहेका बेला माइतीघरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ढुंगानाले आजबाट आन्दोलनको घोषणा गरेसँगै माइतीघरसहित राजधानीको सुरक्षा कडा पारिएको हो । यसैबीच प्रहरीले माइतीघरमा प्रदर्शन नगर्न अनुरोध गरिरहेको छ । प्रहरीले अनुमति नलिई प्रदर्शन नगर्न माइकिङ गरेको हो।

‘प्रशासनको अनुमति लिएर मात्रै कार्यक्रम गर्नुपर्नेछ। अनुमति नलिकन कार्यक्रम गर्न आउनुभएको छ भने तपाईंहरू आफ्नो गन्तव्यतिर गइदिनुहोला,’ प्रहरीले माइकिङमा भनिरहेका छन् ।