११ असार २०८३, बिहिबार

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् ।

उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् । लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ ।

भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएपछि हिजो उनी काठमाडौं आएका थिए । लगत्तै उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।