२० असार २०८३, शनिबार

शेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौँको चुनदेवीबाट पक्राउ गरेको हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गर्दै करिब ४९ लाख १९ हजार रुपैयाँ अवैध नाफा आर्जन गरेको देखिएको छ।

अग्रवाल यसअघि साउन ५ गते पनि पक्राउ परेर छुटेका थिए।