२३ जेष्ठ २०८३, शनिबार

हयात प्लेस बुटवलले सन् २०२६ को भव्य स्वागत गर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही । हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षलाई स्वागत गर्न आफ्नो विशेष कार्यक्रम ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’मा सहभागी हुन सबैलाई आमन्त्रित गरेको छ । खुला आकाशमुनि र ‘पुलसाइड’मा आयोजना हुने यो कार्यक्रममा ‘अनलिमिटेड बेभरेज’, भरपूर मनोरञ्जन र मध्यरातमा ‘काउन्टडाउन’सहितको भव्य उत्सव हुनेछ, जसलाई अविस्मरणिय साँझ बनाउने तयारी गरिएको हयात प्लेसले जनाएको छ ।

यो साँझलाई अझ रमाइलो र जीवन्त बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, डिजेको जोसपूर्ण संगीत, बेली डान्स तथा आइटम डान्स जस्ता आकर्षक प्रस्तुतिहरू रहनेछन् । साथमा ‘लाइभ बार्बिक्यु’ (बदेल)को स्वादले माहोललाई सुरुदेखि अन्त्यसम्म उर्जाशील बनाउने हयात प्लेसको विश्वास छ ।

हयात प्लेसका अनुसार यस्तो छ कार्यक्रमका प्याकेजहरू :

कपल पार्टी प्याकेज – १६,९९९ नेपाली रुपैयाँ । १०,६२५ भारतीय रुपैयाँ
(दुई जनाको लागि प्रवेश, अनलिमिटेड बेभरेज, लाइभ मनोरञ्जन र पुलसाइड काउन्टडाउन समावेश)

स्टे एण्ड पार्टी प्याकेज – २४,९९९ नेपाली रुपैयाँ । १५,६२५ भारतीय रुपैयाँ
(दुई जनाको लागि एक रातको बसाईरस्टे, अनलिमिटेड बेभरेजसहित पार्टी प्रवेश र बिहानको ब्रेकफास्ट समावेश)

अर्ली बर्ड अफर (२८ डिसेम्बर २०२५ सम्ममान्य) :

कपल पार्टी प्याकेज – १२,९९९ नेपाली रुपैयाँ । ८,१२५ भारतीय रुपैयाँ
स्टे एण्ड पार्टी प्याकेज – १९,९९९ नेपाली रुपैयाँ । १२,४९९ भारतीय रुपैयाँ

सीमित टेबलहरू मात्र उपलब्ध भएकोले खुला आकाशमुनिको ‘पुलसाइड’ उत्सवले नयाँ वर्षमा पाइला टेक्नको लागि एक ग्ल्यामरस र उत्साहजनक अनुभव प्रदान गर्नेछ ।

यस अवसरमा बोल्दै हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नागरले आफ्नो योजनाबारे भने, “यस नयाँ वर्षमा हाम्रो उद्देश्य भनेको खुला, ऊर्जावान र कहिल्यै नबिर्सिने अनुभव प्रदान गर्नु हो । डाँडाकाँडाको सुन्दर दृश्य र लाइभ म्युजिकको जोसका साथ तारामुनि मनाइने यो ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’ले स्वतन्त्रता र खुसीको महसुस गराउनेछ । हाम्रा पाहुनाहरूले सन् २०२६ को सुरुवात पूर्ण जोस ९भाइब्रेन्सी० र स्टाइलका साथ गरून् भन्ने हाम्रो चाहना हो ।”