१ कार्तिक २०८३, शनिबार

एनएमबि क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि क्यापिटलले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटस्थित पोष्टबहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरुलाई लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । सोही दिन टङ्गाल, काठमाडौंस्थित टङ्गाल उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई पनि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यकममा विशेषतः विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक विकेश बाडेले संयुक्त रुपमा नुवाकोटको कार्यक्रम सञ्चालन गरेका थिए भने स्कीम सहायकहरु लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रुपमा टङ्गालको कार्यक्रम सञ्चालन गरेका थिए ।

सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो ।