२४ जेष्ठ २०८३, आइतबार

प्रकृति–मानव केन्द्रित जनअभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रकृति–मानव केन्द्रित जनअभियान नेपालको आयोजनामा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वर, काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अभियानका अध्यक्ष विन्दुराज सापकोटाको अध्यक्षता, उपाध्यक्ष टेकराज पौडेलको स्वागत र डा. माया गिरीको सञ्चालनमा गरिएको अन्तरक्रिया कार्यक्रममा बहसका लागि सापकोटाले ‘जैव सामाजिक संकट समाधानका लागि प्रकृति–मानव हितैषी कार्यक्रम लागू गरौं’ भन्ने मूल नारा र ‘वर्तमान विश्व कर्पोरेट पूँजीवादी व्यवस्था सबै समस्याहरुको जडः प्रकृति–मानव केन्द्रित कार्यक्रमको आधारमा पुनर्गठित गर्ने आवश्यकता’भन्ने विषयमा अवधारणा पत्र सहभागीहरु माझ प्रस्तुत गरेका थिए ।

३८ जना सहभागीहरुमध्ये १८ जनाले आ–आफ्नो विचार तथा सुझावहरु प्रस्तुत गर्दै अधिकांश सहभागीहरुबाट अवधारणा पत्रमा उठाइएका विषयहरु एकदम सान्दर्भिक र मननयोग्य रहेको भन्दै अहिलेको विश्वको जटिल परिस्थितिलाई मध्यनजर गर्दै नयाँ विषयमा भएको यस बहस कार्यक्रमलाई व्यापक रुपमा जनस्तरसम्म लैजानु पर्नेमा जोड दिइएको थियो ।

वतर्मान विश्वमा यस्तो जैव–सामाजिक संकट हामी मानव जातिकै कारण पैदा भएको कुरामा कसैको विमति रहेको थिएन । अन्तरक्रियामा डा. शम्भु कटेल, शिवराज श्रेष्ठ, रनमकुमार लामा, आरपी नेपाल, पुण्यप्रसाद रेग्मी, भरतराज गिरी, डन. संग्राम पुरी, सूर्य बहादुर शाही, शिवराज आचार्य, विजयराज भट्टराई, डा. गिरी, खड्कराज पुरी, दामोदर गैरे, बासुदेव डल्लाकोटी, तपेश्वर शाह, लक्ष्मण पुरी, रामेश्वर श्रेष्ठ र उत्तम कँडेलले आफ्ना विचार राखेका थिए ।