–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका ६० जना अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
चौदण्डीगढी नगरपालिकाको एक लाख सहयोगमा ‘चौदण्डीगढी अपाङ्गता सेवा संस्था’ले नगर भित्रका ६० जना अपाङ्गता भएकाहरुलाई न्यानोको कपडा स्वरूप ब्लान्केट वितरण गरेको संस्थाका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
नगरभित्रका दश वटै वडा बाट ६/६ जनाका दरले ६० जना अपाङ्गता भएका त्यसमा पनि अति विपन्न परिवारका सदस्यलाई न्यानोको कपडा स्वरूप ब्लान्केट वितरण गरिएको संस्थाका अध्यक्ष भुपाल पौडेलले जानकारी दिए ।
अपाङ्गता भएकाहरुलाई न्यानो कपडा ब्लान्केट वितरण गर्दै चौदण्डीगढी नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलालले मौसमको प्रतिकूलतामा जीवन सहज होस् भनेर न्यानोको कपडा स्वरूप ब्लान्केट वितरण गरिएको बताइन् । उनले अपाङ्गता भएका त्यसमा पनि अति विपन्न परिवारलाई ब्लान्केट वितरण गरेको बताउँदै यसले उनीहरुको मुहारमा खुशी ल्याउने बताइन् ।
कार्यक्रममा वडा अध्यक्ष, स्थानीय प्रहरी प्रमुख, नगर अस्पताल प्रमुख लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया