३१ जेष्ठ २०८३, आइतबार

हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने भएको छ ।

सडक विस्तारका लागि सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको हो । जिल्ला सुरक्षा समितिले पछिल्ला अवस्थाको सूक्ष्म अध्ययन गर्दै विस्तृत सुरक्षा योजना पारित गरिसकेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए ।

‘हालको घटनाक्रम हेर्दा ठूलो सुरक्षा चुनौती देखिएको छैन । व्यवसायी र स्थानीय बासिन्दाले सहयोग गरिरहनु भएकोमा धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

अदालतको आदेशअनुसार ‘राइट अफ वे’ खाली गर्ने प्रक्रिया स्थानीयको सहकार्यमा अगाडि बढिरहेको प्रशासनको दाबी छ । उत्तेजनात्मक गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै प्रजिअ अधिकारीले भने,‘कसैले पनि कानुन हातमा नलिनुहोस् । कुनै गैरकानुनी गतिविधि देखिएमा कानुनअनुसार कडाइका साथ कारबाही हुनेछ ।’