विराटनगर । नेकपा (एमाले) मोरङले जिल्ला पार्टी र मातहतका कार्यालयमा आगजनी तोडफोड तथा उजुरी गर्नेविरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलन गरी यसबारे पार्टीले जानकारी गराएको हो ।
मोरङमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला इन्चार्ज जीवन घिमिरेले एकमुष्ट रूपमा उजुरी दिइने बताए । उनले भने, ‘‘आजै प्रशासनमा उजुरी दिँदै छौँ ।”
घिमिरेले पार्टीका नेता तथा कार्यकर्ताको घरमा आगजनी गर्नेविरुद्ध पनि व्यक्तिगत रूपमा उजुरी दिइने बताए ।
जेनजी आन्दोलनका क्रममा पार्टीको विराटनगरस्थित जिल्ला कार्यालय र अन्यत्रका कार्यालय अगजानी हुँदा ठूलो आर्थिक नोक्सानी भएको घिमिरेको भनाइ छ ।








प्रतिक्रिया