काठमाडौं । धरानका मेयर हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक दर्शन ‘हर्कवाद’ रहेको सार्वजनिक गरेको छ।
धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकास तथा श्रमदानलाई केन्द्रमा राख्ने विचारलाई ‘हर्कवाद’को आधार बताउँदै सबै नागरिकलाई विकासमा प्रत्यक्ष श्रमद्वारा जोडिने नीति अघि सारेका हुन्।
उनका अनुसार हर्कवादले गाउँ–घर केन्द्रित विकास, स्वाधीनता र समृद्धिका लागि आफ्नै माटोमा श्रम रोप्ने अवधारणा अघि बढाउँछ। पार्टीले धनीबाट बढी कर लिएर आर्थिक असमानता घटाउने योजना, श्रमदान आधारित विकासका लागि कानुन निर्माण र जनताको प्रत्यक्ष मतदानबाट कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था प्रस्ताव गरेको छ।
घोषणापत्रमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता, वैज्ञानिक कर प्रणाली, शिक्षा सुधार (जेनजी पुस्तालाई उत्पादनमुखी बनाउने र हप्तामा ३ दिन मात्र कक्षा सञ्चालन) लगायतका एजेन्डा समावेश छन्।








प्रतिक्रिया