काठमाडौं । काठमाडौंको केशरमहलमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
ठक्करबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा ड्युटीमा रहेको ट्राफिक प्रहरी पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन्।
मृतक अन्दाजी ३० वर्षका पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । उनको पहिचान खुल्न सकेको छैन ।
केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भएर पैदलयात्री, ट्राफिक प्रहरीलाई ठक्कर दिँदै भित्तामा गएर ठोकिएको थियो ।








प्रतिक्रिया