२३ असार २०८३, मंगलबार

भाद्र २३ गतेलाई जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रत्येक वर्ष भाद्र २३ गते जेनजी शहीद दिवस मनाउने सरकारले निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहीदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यस्तै बैठकले सहीद जेनजीका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरीरअविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।