३१ जेष्ठ २०८३, आइतबार

धनगढीबाट हराएका बाजुराका बालक ६ दिनपछि परिवारको सम्पर्कमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १५ मंसिर । धनगढीबाट बेपत्ता भएका बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी भेटिएका छन् । अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्दै आएको जैशी गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए ।

कोठाबाट निस्किएको दिनदेखि बेपत्ता रहेका उनी आज फेला परेको उनका आफन्त दाजु धर्म जैशीले जानकारी दिए ।

उनका अनुसार बेपत्ता बालकलाई दिपायल डोटीमा फेला पारिएको हो ।

डोटीको पिपल्ला बजार सनलाइट होटलका साहुजी रमेश बमसँग सही सलामत उनी फेला परेका हुन् । बेपत्ता बालकलाई देख्ने बित्तिकै खबर गर्ने होटलका साहुजीलाई आफन्तले धन्यवाद दिएका छन् । साथै, खोजी कार्यमा सहयोग गर्ने सम्पुर्ण मिडियाकर्मी, आफन्तजन, नेपाल प्रहरी लगायत सम्पूर्णमा बालकका दाजु धर्म जोशीले धन्यवाद दिएका छन् ।

बालक धनगढीस्थित पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत छन् ।