३२ असार २०८३, बिहिबार

यूएईको ५४औँ राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादव सहभागी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (यूएई) को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ काठमाडौंमा आयोजित विशेष समारोहमा सहभागी भए ।

नेपालका लागि यूएईका राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्योगपति, कामको सिलसिलामा यहाँ रहेका यूएईका नागरिकको उपस्थिति थियो ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अल शाम्सीले यूएई र नेपालबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र साझा हितमा आधारित रहेको तथा दुवै देश जलवायु परिवर्तन, विश्व शान्ति तथा आतङ्कवादविरुद्धको लडाइँमा एकै स्थानमा रहेका बताए ।

वि.सं. २०७२ को भूकम्प, कोभिड–१९ महामारीका साथै बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला नेपाललाई आफ्नो मुलुकले सहयोग गर्दै आएको उनले बताए ।

यूएईमा रहेका धेरै नेपालीले नेपालका साथै आफ्नो मुलुकको आर्थिक विकासमा योगदान गरेका चर्चा गर्दै राजदूत अल शाम्सीले नवीकरणीय ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार र मानव संशाधन विकासका क्षेत्रमा नेपाललाई मद्दत गर्दै आएको बताए । रासस