१३ कार्तिक २०८३, शुक्रबार

पृथ्वीराजमार्ग पश्चिम खण्डमा एघार पुल निर्माण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १३ मंसिर । पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।

सडक आयोजना कार्यालयका अनुसार म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन् । उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।

हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ । करिब ३० किलोमिटर दुईतर्फी (चार लेन) र आठ किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्र भएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ । रासस