२६ जेष्ठ २०८३, मंगलबार

प्रेस चौतारीबाट एमाले महाधिवेशनका लागि ५ जना प्रतिनिधि सर्वसम्मत चयन

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । प्रेस चौतारी नेपालले नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको छ ।

चौतारीले अध्यक्ष गणेश पाण्डेसहित पूर्वअध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेतलाई प्रतिनिधि पठाउने निर्णय गरेको हो । महिलातर्फ सचिवालय सदस्य प्रतिमा सिलवाल र मिना विश्वकर्मालाई प्रतिनिधि चयन गरिएको चौतारीले जनाएको छ ।

प्रतिनिधि चयनसम्बन्धी निर्णय शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले गरेको हो । बैठकले कुल पाँच जना प्रतिनिधिलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको हो ।

चौतारीका अनुसार सर्वसम्मत प्रतिनिधि चयनले महाधिवेशन तयारीमा सहमति, समन्वय र संगठनात्मक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।