
ताप्लेजुङ, १३ मंसिर । यही मंसिर २७ गते काठमाडौंमा हुने नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति ताप्लेजुङबाट १२ प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार, खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका छन् ।
महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन् । युवामा गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएका छन् । रासस








प्रतिक्रिया