११ असार २०८३, बिहिबार

एमाले बाजुराबाट ११ औं महाधिवेशनका लागि १६ जना प्रतिनिधि सर्वसम्मत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १३ मंसिर । नेकपा (एमाले) बाजुराले सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । पार्टीको ११ औं महाधिवेशनका लागि एमाले बाजुराले जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो ।

यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधि छनोट भएका छन् । खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन् ।

प्रतिनिधि छनोटमा खुलातर्फ ७ जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् । महिलातर्फ ४ जना छन् । जसमा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ । दलिततर्फको ४ जनाको कोटामा काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्कीलाई छनोट गरिएको हो ।

त्यस्तै, ४० वर्ष मुनिको युवा कोटामा युवा नेता नरेश रोकाया सर्वसम्मत बनेका हुन् ।

पार्टीका नेता कार्यकर्ताबीच आपसी समन्वय, सहकार्य र विश्वासका कारण सहज रुपमा नेतृत्व छनोट भएको एमाले बाजुराका सचिव काशी विकले बताए । पार्टीले सर्वसम्मत चयनलाई आगामी राजनीतिक गतिविधिहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

बाजुराबाट कर्णबहादुर थापा स्थायी कमिटी, लालबहादुर थापा, सहदेव बोगटी, दयालबहादुर शाही केन्द्रीय सदस्य छन् भने बसुन्धरा रोकाया आयोग सदस्य हुन् । बाजुराकै कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष छन् । उनी प्रदेश कमिटीबाट प्रतिनिधि छानिने छन् ।

एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन भइरहेको छ । केही जिल्लामा प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् । एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् ।

झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।