३० जेष्ठ २०८३, शनिबार

दुर्गा प्रसाईंले भने– प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूका मागका विषयमा प्रधानमन्त्रीसँग वार्ता गर्ने तयारी भइरहेको बताएका छन् ।

आज भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शुक्रबार गृहमन्त्रीसँग भएको भेटका क्रममा आफ्ना मागका बारेमा स्पष्ट रूपमा जानकारी गराएको भन्दै छिट्टै प्रधानमन्त्रीसँग वार्ता गर्ने तय भएको बताए । उनले अभियानले अघि सारेका मागहरू आफ्नो व्यक्तिगत नभइ जनताको माग भएकाले सरकारले गम्भीर रूपमा लिएको जानकारी दिए ।

प्रसाईंले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने माग राखेका छन् ।

उनले सेना, प्रहरी र निजामती कर्मचारीको तलव बृद्धि गर्नुपर्ने, हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गर्नुपर्नेलगायत मागबारे जानकारी गराइएको बताए ।

प्रसाईंले आफूहरूको माग पूरा नभए फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन नसक्ने दाबी गरे । प्रसाईंले आफूहरू आन्दोलनबाट नभागेको भन्दै सरकारले आफ्ना मागप्रति गम्भीरता नदेखाए सशक्त आन्दोलनको बाटो रोज्नुपर्ने बताए ।