१५ असार २०८३, सोमबार

हेटौंडा बजारमा सडक विस्तारको असर : पसलमा ‘सेल’ अफर, ग्राहक झुम्मिए

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ मंसिर । हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका लागि टास्कफोर्स फिल्डमा खटिएपछि २५ गजभित्र पर्ने व्यवसायीहरू पसल खाली गर्ने तयारीमा जुटेका छन् । यसै क्रममा व्यापारीहरूले सामान छिटो बिक्री गर्न ‘सेल’ घोषणा गरेपछि बजारमा ग्राहकको भीड झनै बढेको छ ।

विशेषगरी फर्निचर, कपडा तथा घरेलु सामग्रीका पसलमा ग्राहकको चहलपहल उल्लेखनीय छ । आज बिहानैदेखि हेटौंडाको सिमाचोकदेखि नेपाल बैंक आसपासको क्षेत्र निकै व्यस्त बनेको स्थानीयहरूले बताएका छन् ।

व्यापारीहरूका अनुसार सडक विस्तारको तयारीसँगै उनीहरूको व्यवसायमा ठूलो असर परेको छ । संरचना भत्किने अवस्था भएपछि थुप्रै व्यवसायी बाध्यतावश सामान सस्तोमा बिक्री गर्न थालेका हुन् ।

बजारमा बढेको भीडले तात्तिएको व्यापार भए पनि व्यवसायीहरू भने चिन्तित देखिन्छन् ।

उनीहरू भन्छन्, ‘सडक विस्तार विरोधी होइनौँ, तर पूर्वसूचना र उचित क्षतिपूर्ति नदिई घर–पसल भत्काउन खोजिँदा ठूलो क्षति भएको छ ।’

सडक विस्तारसम्बन्धी कार्य अगाडि बढेसँगै हेटौंडा बजार क्षेत्रमा यतिबेला व्यापार र चहलपहल दुवै असामान्य रूपमा बढेको देखिन्छ ।