
काठमाडौं, १३ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुक संकटमा रहेको र राष्ट्रवादी शक्तिमाथि प्रहार भइरहेको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले मुलुक संकटमा भएको अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक भएको बताएका हुन् ।
महासचिव पोखरेलले एकताबद्ध भएर अगाडि बढ्दा संकट पार लाग्ने बताए ।
‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ ।’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौं– सम्भव छ ।’
नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गते हुँदैछ । महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन हुँदैछन् । एमालेले सकेसम्म सर्वसम्मत र सहमति हुन नसकेका स्थानमा मतदानमार्फत प्रतिनिधि चयन गर्दैछ ।












प्रतिक्रिया