काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत बग्न नहुने बताएकी छिन् ।
आज नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गर्दै उनले क थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनु नहुने बताएकी हुन् ।
उनले भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्न म निर्देशन दिन्छु।’
प्रधानमन्त्रीकार्कीले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ लिएकी थिइन् ।








प्रतिक्रिया