२८ असार २०८३, आइतबार

कांग्रेस संस्थापन समूहका नेता छलफलमा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । विशेष महाधिवेशनको विपक्षमा रहेका संस्थापन समूहनिकट नेताहरूको भेला जारी छ । बानेश्वरको आनन्दभूमि होटलमा संस्थापन समूहका नेताहरू छलफलमा रहेको नेता गुरू बरालले जानकारी दिए ।

बैठकमा समूहका शीर्ष नेताहरू विमलेन्द्र निधि‚ प्रकाशमान सिंह‚ शशांक कोइरालालगायत ७० भन्दा बढीको सहभागिता रहेको उनको भनाइ छ । छलफल बिहान ९ बजेबाट सुरू भएको हो ।

यो समूह २१ फागुनको निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने पक्षमा रहेको छ । उता महामन्त्री गगनकुमार थापासहितका नेताहरू भने फागुन २१ को निर्वाचनअघि नयाँ नेतृत्व अनिवार्य भएको बताएका छन् ।

उनीहरूले विशेष महाधिवेशन गर्न पनि सभापति शेरबहादुर देउवासहितलाई दबाब दिइरहेका छन् ।