२१ असार २०८३, आइतबार

लामिनार टायल्सका डिलरलाई ‘च्यानल फाइनान्सिङ’ सुविधा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेकराज भट्टबीच सम्झौतापत्र हस्ताक्षर गरी आदानप्रदान गरिएको हो ।

यस साझेदारीमार्फत डिलरहरूले सजिलै चालु पूँजी प्राप्त गर्न सक्नेछन्, जसले इनभेन्टरी व्यवस्थापन सहज बनाउने र व्यवसाय सञ्चालनलाई थप सुदृढ बनाउनेछ । नबिल बैंकले ०.५ प्रतिशत लोन प्रशासकीय शुल्क, एलसि तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर र पिओएस मेसिन शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क एसएमएस ट्रान्जेक्सन अलर्ट, मुख्य कर्मचारीका लागि अधिकतम ५ लाख रुपैयाँ सीमासहित निःशुल्क क्रेडिट कार्ड, तथा नबिल केयरअन्तर्गतको क्रिटिकल इलनेस बीमा जस्ता विशेष सुविधाहरू उपलब्ध गराउनेछ ।

दुवै संस्थाले यो सहकार्यले डिलरहरूको लिक्विडीटि बढाउने, आर्थिक बोझ कम गर्ने र नेपालको टाइल्स उद्योगको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।