१६ असार २०८३, मंगलबार

जेनजीको अगुवा ठान्ने बालेन, कुलमान र सुदनले षडयन्त्र गरिरहेका छन् : महेश बस्नेत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा उत्तेजना फैलाउन काम भएको भन्दै आपत्ति जनाएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेका कार्यक्रमलाई जेनजीको नाममा ठाउँ ठाउँमा अवरोध गर्ने प्रयास भएको भन्दै उनले आपत्ति जनाएका हुन् । जेनजीका नाममा आफूलाई जेनजीको अगुवा ठान्ने बालेन, कुलमान घिसिङ र सुदन गुरुङले षडयन्त्र गरिरहेका उनको भनाइ छ ।

‘जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्‍याउन षडयन्त्र गर्ने बालेन, कुलमान घिसिङ, सुधन गुरुङ हुन्, यिनलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ’, बस्नेतले भने ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लेकार्ड देखाउने युवाहरू प्रति कुनै आपत्ति नभएको बताउँदै उनले तर कार्यक्रम स्थल तर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खाली गराएको जानकारी दिए ।

उनले सहयोग गर्ने प्रहरी, प्रशासनलाई बस्नेतले धन्यवाद पनि दिए । ‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना दिएको छैन’, बस्नेतले भने ।