२१ जेष्ठ २०८३, बिहिबार

संकटका बेला मन्त्री बनें, चुनौतीलाई अवसरमा बदल्ने गरी काम गर्छु : मन्त्री घिसिङ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले संकटका बेला आफू मन्त्री बनेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन’को उद्घाटनसत्रमा बोल्दै मन्त्री घिसिङले जेनजी आन्दोलनपछि संकटका बेला आफू मन्त्री बनेको र त्यो चुनौतीलाई अवसरमा बदल्ने बताए ।

राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात् समृद्धिको नेतृत्व गर्न चुकेको उनको भनाइ थियो ।

साथै, जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकार केन्द्रित रहेको पनि उनले बताए ।

सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भइसकेकाले तोकिएको समयमा नै निर्वाचन हुने उनको भनाइ थियो ।

मन्त्री घिसिङले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको भन्दै छोटो समयमा नै जनतामा आशा जगाउनुपर्ने उल्लेख गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपासभापति डा. स्वर्णिम वाग्लेले एक–दुई दशकदेखिको उकुसमुकुस जेनजी आन्दोलनका नाममा प्रकट भएको बताए ।

आन्दोलनपछि मुलुकको अर्थराजनीतिक ‘कोर्स’ नै फेरिने अवस्थामा पुगेको भन्दै संक्रमणलाई सम्हाल्न सके देशलाई निकै अघि बढाउन सकिने उनको भनाइ थियो ।