२७ असार २०८३, शनिबार

अन्तर्राष्ट्रिय ‘आइरन म्यान इभेन्ट’मा सहभागी प्रहरी निरीक्षक चन्द सम्मानित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । भारतको गोवामा भएको अन्तर्राष्ट्रिय ‘आइरन म्यान इभेन्ट’मा उत्कृष्ट प्रदर्शन गरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्द सम्मानित भएका छन् । भरतपुर तालिम केन्द्रमा कार्यरत चन्दलाई कात्तिक महिनाको उत्कृष्ट इन्स्पेक्टर पुरस्कारबाट सम्मान गरिएको हो ।

तालिम केन्द्रका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापाले आज उनलाई सम्मान गरिन् ।

गएको कात्तिक २३ गते गोवामा भएको अन्तर्राष्ट्रिय ‘आइरन म्यान इभेन्ट’मा सहभागी चन्दले १.९ किलोमिटर पौडी, ९० किलोमिटर साइकलिङ र २१.१ किलोमिटर दौड पूरा गरेका थिए । चन्दको उक्त सहभागिताले नेपाल प्रहरीको गरिमा बढाएको भन्दै एसएसपी थापाले सम्मान गरेकी हुन् ।

उनीसँगै कात्तिकको उत्कृष्ट प्रशिक्षकका रूपमा प्रहरी सहायक निरीक्षक ओमबहादुर तामाङ र प्रहरी सहायक हवल्दार प्रकाश लामालाई समेत सम्मान गरियो ।