१९ असार २०८३, शुक्रबार

शिक्षकहरुलाई न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलब दिन आग्रह गरेका छन् ।

मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाइसकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्ने बताए ।

उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु. १२०००, विद्यालय सहयोगीको लागि रु. १०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब संघीय अनुदानबाट पठाइसकेको छ । बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्ने हो । अहिलेसम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार तलब ख्वाएको जानकारी मन्त्रालयलाई आएको छ । यो विषय न्युनतम तलब नदिएका स्थानीय सरकारहरुको जिम्मेवारी भएको अवगत गराउँछु । बाल शिक्षकहरु र कर्मचारीहरुलाई अन्याय नगर्नु होला । यस विषयमा ट्रेड युनियनका नेताहरु खोइ जागेको ?’

यस्तै, उनले अहिलेसम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार तलब दिएको जानकारी मन्त्रालयलाई आएको भन्दै न्युनतम तलब नदिएका स्थानिय सरकारहरुले पनि समयमा तलब दिनुपर्ने बताए ।